
![]() |
बुधबार दिउँसो २ बजेर ३९ मिनेमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन आएको छ । त्यसअघि, दिउँसो १ बजेर ३७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव ५ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै, बिहान २ बजेर ४५ मिनेटमा पनि सिन्धुपाल्चोकमै केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।
उता, हुम्लामा फेरि अर्को भूकम्प गएको छ । बुधबार बिहान २ बजेर १८ मिनेटमा हुम्लामा ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले कुनै क्षति भने नभएको बताइएको छ ।
यसअघि केही दिनअघि मात्र हुम्लामै गएको ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले सदमुकाम सिमीकोटलगायत आसपासका केही घर चर्केका थिए । - See more at:

![]() |

Post a Comment