काठमाडौं, जेष्ठ २२ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि अझै पनि पराकम्पन आउनेक्रम रोकिएको छैन । शुक्रबार मात्रै दिउँसो ३ बजेसम्म दुईओटा पराकम्पन आएका छन् ।

शुक्रबार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौ केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको छ ।

त्यसअघि, बिहान १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, विहीबार एकमात्र पराकम्पन आएको थियो भने बुधबार चारओटा पराकम्पन आएका थिए ।

यसैबीच, गोरखा भूकम्प र त्यपछिका पराकम्पनमा परी मृत्यु हुनेको संख्या ८ हजार ७ सय १२ पुगेको छ । जसमा ४ हजार ८ सय ८ महिला र ३ हजार ९ सय २ पुरुष छन् ।

घाइतको संख्या २२ हजार २ सय २० रहेको गृह मन्त्रालयले जनाएको छ । २ हजार ६ सय ३८ सरकारी र ५ लाख ५५ हजार बढी निजी घर पूर्णरुपले ध्वस्त भएका छन् ।

Post a Comment

 
Top