
![]() |
आँखा नभएको बच्चाको दाँत देखिन्छ । बच्चाको शरिर कडा र हात खुट्टा बाँङिगएको छ । नौलो प्रकृतिको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकित्कसहरु अनुसन्धानमा लागेका छन् । असामान्य किसिमका बच्चाहरु बेला–बेलामा जन्मने भएपनि यस्तो किसिमको बच्चा भने पहिलोपटक जन्मिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताए ।
डा. पोखरेलले गर्भवती महिलाले प्रयोग गर्ने औषधीका कारण पनि यस्तो समस्या देखिनसक्ने बताए । बच्चाको शारीरिक बनावट देखिएपछि शरिर भित्रका अंगहरुको विर्यमा जानकारी नभएका कारण तत्कालै केहि भन्न नसक्ने डा. पोखरेलले बताए ।
झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भीड लागेको छ । कतिपयले त बच्चालाई पैसा नै दिने गरेका छन् ।

![]() |

Post a Comment