तर विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरैलाई जानकारी नहुन सक्छ । विन्दु नेपालीले एक अंग्रेजी अनलाइनलाई दिएको अन्तर्वार्तामा आधारित होस या उनका नेपाली साथी हुन् उनी भन्छिन् ,मलाई रुन मात्रै मन लाग्छ, जब म आफ्नो बाल्यकाल सम्झन्छु ।
म पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत हेम्जामा जन्मेकी हुँ । एकदमै गरिब परिवारमा । बच्चैदेखि म नाचगानमा रुचि राख्थें । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें । लोकदोहोरी, कौडा र रोदीमा नाच्नु धेरै रमाइलो हुन्थ्यो । नाचगानमा मेरो गहिरो रुचि थियो ।
म साथीहरूसँग नाचगानकै लागि थुप्रै ठाउँमा पुग्थें । म सानै छँदा मेरो घरमा कोही मान्छे आयो र मेरो पढाइमा उसले सहयोग गर्यो । मैले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरें । त्यसपछि अमेरिका आएँ । टम सवेल नामको व्यक्ति म भन्दा ३० वर्ष जेठो थियो । उसले पहिले मेरी काकीलाई बिहे गर्यो र पछि सम्बन्ध विच्छेद गरेर मेरी दिदी पर्ने सीता परियारलाई बिहे गर्यो । मेरो स्कुले शिक्षाको सबै शुल्क उसैले बेहोरेको थियो ।
ऊसँग बिहे गरेकी सीता दिदीले पनि उसलाई छाडेपछि भने धेरै कुरा फेरिन थाले । ऊ आत्महत्या गर्छु भन्थ्यो तर मैले उसलाई रोकें तर कथा अर्कै रहेछ । उसले त दुईनम्बरी धन्दा गरेर पैसा कमाउन दिदीलाई दबाब दिंदो रहेछ ।
टमले मलाई अमेरिका लैजान चाह्यो किनभने कलिली र सुन्दरी केटीहरूबाट पैसा कमाउन सकिन्छ भन्ने उसलाई थाहा थियो ।
अहिले बल्ल मलाई महसुस हुन्छ, मैले त्यतिबेला दिदीको कुरा किन सुनिन ? सायद म अमेरिका आउनका लागि एकदमै इच्छुक थिएँ । त्यतिबेलासम्म म उसको मास्टर प्लानमा फँसिसकेकी थिएँ ।
मेरा बा आमा गरिब थिए । अमेरिका आउन त मलाई साँच्चै नै मन थियो । तर त्यसका लागि खर्च गर्नुपर्ने पैसा कहाँबाट आउँछ, यो मलाई थाहा थिएन । जब म अमेरिका आइपुगें, त्यसपछि मेरो जिन्दगी खराबबाट खत्तम हुन थाल्यो । उसले मलाई यहाँ ल्याएको त पढाइका लागि थियो, राम्रो जीवनको लागि थियो र परिवारलाई सहयोग पुग्छ भनेर थियो । तर बिस वर्षपछि मैले बल्ल थाहा पाएँ,मेरो सपना नर्स बन्ने थियो ।
म अमेरिकामा पढ्न भनेर आएकी थिएँ तर समयले नाइट क्लबमा काम गर्न बाध्य भए । पछि उसलेमेरा नांगा फोटा र भिडियोहरू सार्वजनिक गरिदिन्छु, बाआमालाई देखाइदिन्छु भन्न थाल्यो । मेरो पासपोर्ट लगायतका सबै कागजपत्रहरू पनि उसैसँग थिए । अनि म बाध्य भए र यस्तो काममा लागे ।
मैले उसलाई धेरै विश्वास गरें । उसले मेरा लागि त्यत्रो वर्ष कुरेर अमेरिका ल्याएको थियो र यो सबथोक गरेको थियो । पैसा थुप्रै कमाइसकेपछि मैले उसलाई अनुरोध गरें– अब त पैसा पनि कमायौ, मलाई छाड्देऊ ।
मैले हरेक रात एक हजार डलर रकम कमाएर उसैलाई बुझाउँथे । ऊ घरै बस्थ्यो म भने हरेक रात नांगै काममा जानुपथ्र्यो । मैले हरेक दिन १२ घण्टा काम गर्थें ,……….कामले धेरै नै बिरामी पनि भए । औषधि उपचार गरें । अहिले उ म सगँ छैन् । अझै पनि मलाई पढ्ने इच्छा छ , हेरौं राम्रो जोडी भटिए फेरि अध्यायन सुरु गर्छु
Post a Comment